Initiating a Child Friendly Culture

१८ औँ साधारण सभा, सामाजिक लेखापरिक्षण दसैँ, तिहार, छठ र शारदीय पर्वहरुको शुभकामना आदान–प्रदान समारोह

चाइल्ड नेपालको वार्षिक साधारणसभा सम्पन्न

चाईल्ड नेपालको वार्षिक साधारणसभा तथा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

चाईल्ड नेपालले आफ्नो १८ औं वार्षिक साधारणसभा तथा लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका  नगरप्रमुख मिठाराम अधिकारीले शिक्षामा लगानीका साथै बालबालिकाहरुका लागि शिक्षा र स्वाथ्यका कार्यक्रममा निःशुल्क हुनुपर्नेमा जोड दिनुभएका छन् ।

कार्यक्रममा अधिकारीले चाइल्ड नेपाल सँग बाल अधिकार प्रणाली सुदृढिकरणका लागि पालिकाले समन्वय र सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो । 

कार्यक्रममा उप प्रमुख अनिता लामाले गरिब श्रमिक परिवारका बालबालिकाहरुका लागि बाल विकास र शिक्षाको तथ्याङक अध्यावधिक गरिनुपर्ने तात्कालिन आवश्यकता रहेको बताएका छन् ।

उक्त कार्यक्रमका अध्यक्ष डा. कृष्ण सुवेदीले बालबालिका सम्बन्धी ऐन २०७५ ले बालअधिकार संरक्षणका लागि गरिनुपर्ने महत्वपूर्ण पाँच कार्यहरु “ स्थानीय बालअधिकार समितिको गठन, कार्यविधि, बालकोष, बालकल्याण अधिकारी र मनोपरामर्शकर्ता अनिवार्य नियुक्त गरी बालअधिकार प्रणाली तथा संयन्त्र सुदृढिकरण गरिनुपर्ने मा जोडदिनुभएको छ ।

कार्यक्रममा संस्थाले नागरिक समाजको तर्फबाट खबरदारी, साझेदारी, पहरेदारी निन्तर गर्नुपर्ने सबै सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा आ.व. २०७८-७९ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निर्देशक मोहन दँगालले संस्थाबाट राष्ट्रिय र स्थानीय तहमा भएका सकारत्मक परिवर्तनहरु, लावान्वित वर्ग, आयव्ययका साथै चुनौतीहरु र भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

Source: https://newsabhiyan.com/news-details.php?nid=278869



उद्धवराज पौड्याल राष्ट्रिय बालअधिकारबाट सम्मानित

राष्ट्रिय बालअधिकार सम्मानबाट अधिकारकर्मी उद्धवराज पौड्याल सम्मानित भएका छन्। ३२ वर्षदेखि बालअधिकार र श्रमिक बालबालिकाका क्षेत्रमा निरन्तर लागिरहेका पौड्याललाई राष्ट्रिय बालअधिकार सम्मान २०७९ बाट सम्मान गरिएको हो। पौड्याललाई बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले बालअधिकारमा क्षेत्रमा कार्यरत संस्था चाइल्ड नेपालको १८ औं साधारणसभा तथा शुभकामना आदान प्रदान समारोहको अवसरमा  सम्मान गरेका हुन्।

सम्मान ग्रहणपश्चात पौड्यालले बालबलिकाप्रति आफ्नो दायित्व अझ बढी थपिएको र आगामी दिनमा स्थानीय र प्रदेश तहमा बालश्रमिक सम्बन्धी नीति निर्माणमा योगदान गर्ने बताए। कार्यक्रममा चाइल्ड नेपालका निर्देशक मोहन दँगालले बालअधिकारका क्षेत्रमा पौड्यालले पुयाएको योगदानको कदर गर्दै सम्मान अर्पण गरेको र आगामी वर्षहरूमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए। यसअघि यो सम्मानबाट बालअधिकारकर्मी गौरी प्रधान, अगाथा थापा, विनय कसजू, नुपूर भट्ट आचार्य सम्मानित भइसकेका छन्।

उद्धवराज पौड्याल राष्ट्रिय बालअधिकारबाट सम्मानित | Nagarik News – Nepal Republic Media (nagariknetwork.com)




राष्ट्रिय बालअधिकार सम्मान अधिकारकर्मी उद्धवराज पौड्याललाई

 

काठमाडौं, १० असाेज । राष्ट्रिय बालअधिकार सम्मानबाट बालअधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मी उद्धवराज पौड्याल सम्मानित भएका छन् ।

विगत ३२ वर्षदेखि बालअधिकार र श्रमिक बालबालिकाका क्षेत्रमा निरन्तर लागिरहेका पौड्याललाई राष्ट्रिय बालअधिकार सम्मान २०७९ बाट सम्मान गरिएकाे हाे ।

पौड्याललाई बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले बालअधिकारमा क्षेत्रमा कार्यरत संस्था चाइल्ड नेपालको १८ औं साधारणसभा तथा शुभकामना आदान प्रदान समारोहको अवसरमा सम्मान गरेका थिए ।

सम्मान ग्रहण पश्चात पौड्यालले बालबलिका प्रति आफ्नो दायित्व अझ बढी थपिएको र आगामी दिनमा स्थानीय र प्रदेश तहमा बालश्रमिक सम्बन्धी नीति निर्माणमा योगदान गर्ने बताए

सम्मान कार्यक्रममा चाइल्ड नेपालका निर्देशक माेहन दँगालले बालअधिकारका क्षेत्रमा वहाँले पुर्याउनु भएकाे योगदानकाे कदर गर्दै सम्मान अर्पण गरेको र आगामी वर्षहरूमा पनि सम्मान कार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयाे ।

यसअघि यो यस सम्मानबाट बालअधिकारकर्मी गौरी प्रधान, अगाथा थापा, विनय कसजू, नुपूर भट्टअचार्य सम्मानित भएका थिए ।

Facebook
Twitter
LinkedIn
Email
Print

Leave a Comment

Your email address will not be published. Required fields are marked *